कैलालीका इँटा उद्योगमा वर्षाका कारण ७ करोडभन्दा बढी क्षति
धनगढी: कैलालीमा शुक्रबार परेको वर्षाले इँटा उद्योगहरूमा ठूलो क्षति पुर्याएको छ। वर्षाका कारण काँचो इँटा पूर्ण रूपमा नष्ट हुँदा जिल्लाभर करिब ७ करोड रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।
जिल्लामा सञ्चालनमा रहेका ५२ वटा इँटा उद्योगमध्ये प्रत्येक उद्योगमा करिब ५ लाखदेखि ७ लाख रुपैयाँसम्मका काँचो इँटा नष्ट भएका छन्। निर्माण प्रक्रियामा रहेका काँचो इँटा वर्षाले बिगारिदिँदा लगानी गरिएको लागत पूर्ण रूपमा डुबेको छ।
सेती–महाकाली इँटा उद्योग सङ्घका अध्यक्ष विनोदकुमार शाहका अनुसार काँचो इँटा उत्पादनमा लगाइएको पूँजी वर्षाले नष्ट पारेपछि उद्योगीहरू ठूलो आर्थिक संकटमा परेका छन्।