सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार अछामका पक्राउ 

२०८२ चैत्र ११, ०८:४९ खबर संवाददाता

अछामः सवारी ज्यान मुद्दामा फरार अछामका पक्राउ परेका छन्।

जिल्ला अदालत अछामको मिति २०७९ माघ २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना २६ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएपछि फरार रहेका पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने ३६ वर्षीय हिरालाल कोमिली पक्राउ परेका हुन्। कोमिलीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलवार मंगलसैन नगरपालिका–५ मंगलसैन बजारमा पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस