सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ३ लाख ४७ हजारको सामान बरामद

२०८२ चैत्र १२, ०८:१७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ३ लाख ४७ हजारको सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क, दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज र बेलौरी नगरपालिका–१० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३  लाख ४७ हजार ४५९ बराबरको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको चिनी, पेय पदार्थ, सुर्ति, थान कपडा, जुत्ता, चप्पल, कट्टु, हार्डवेयर लगायतका सामान बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी  नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस