सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँधेर पत्नीको खुट्टा काट्ने विश्वनाथ पक्राउ

२०८२ चैत्र १५, ०५:३५ रासस

वीरगञ्जः जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिए। 

गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतलाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए।

घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो।

कमेन्ट लोड गर्नुस