सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते

२०८२ चैत्र १७, ०९:४९ खबर संवाददाता

धनगढीः कैलालीमा थ्रेसरमा हात च्यापिँदा एक जना घाइते भएका छन्। 

सोमबार साँझ गौरीगंगा नगरपालिका–११ शिवपुरमा गहुँ दाउने क्रममा थ्रेसरमा हात च्यापिँदा स्थानीय ४१ वर्षीय गोरख सिंह धामी घाइते भएका हुन्। उनी गहुँ दाउने क्रममा ट्याक्टरमा जडान गरिएको थ्रेसरमा गहुँ हालिरहेका बेला दाहिने हात च्यापिँदा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते धामीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा जडान गरिएको थ्रेसर नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस