रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।
पार्टीका प्रवक्ता मनिष झाकाअनुसार फागुन २१ पछिको निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने तयारी छ।
आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ। जसमा रास्वपाका तर्फबाट रविले सम्बोधन गर्ने भएका हुन्।