सुदूर नेपाललाई विश्वसँग जोड्दै

सदनमा बोल्ने समय थोरै दिएर विभेद भईरहेको छ: हर्क साम्पाङ

२०८२ चैत्र १९, ०३:४२ खबर संवाददाता

धनगढीः श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले प्रतिपक्ष दलका सांसदहरुलाई सदनमा बोल्ने समय थोरै दिएर विभेद भईरहेको बताएका छन्। 'सरकारले विभेद हटाउँछौँ भन्दै छ तर यहाँ सदन भित्रै पनि विभेद भईरहेको छ, 'सदनमा बोल्दै उनले भने, 'सत्ता पक्षका सांसदहरुलाई जति पनि समय दिइन्छ तर हामी पनि जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधि हौँ हामीलाई पनि पर्याप्त समय दिनुपर्छ।'

कमेन्ट लोड गर्नुस