सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलोचनात्मक प्रतिपक्षको भूमिका निभाउने नेकपा सांसद पुनको प्रतिबद्धता

२०८२ चैत्र १९, ०४:३२ रासस

काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले संसदमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। प्रतिनिधिसभाको पहिलो अधिवेशनको अवसरमा दलीय आधारमा मन्तव्य राख्दै उनले देश र जनताको हितमा सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले राष्ट्र निर्माण, सामाजिक न्याय, रूपान्तरणलगायत जनहितका सकारात्मक विषयमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। साथै, गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशीताजस्ता राजनीतिक उपलब्धिलाई अझ सुदृढ बनाउन समन्वय र सहकार्य गरिने उनले उल्लेख गरेका छन्।

सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने बताएका छन्। साथै, नवयुवा पुस्ताले उठाएका विषयमा सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।

तत्कालीन नेकपा (माओवादी)ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ मा पाएको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको उल्लेख गर्दै उनले विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्न सुझाव दिएका छन्।
 

कमेन्ट लोड गर्नुस