कैलाली वितरक संघको अध्यक्षमा महेन्द्रकुमार सिंह चयन
धनगढीः कैलाली वितरक संघको अध्यक्षमा महेन्द्रकुमार सिंह चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न अधिवेशनबाट सिंहको अध्यक्षतमा १७ सदस्यीय समिति चयन भएको हो।
समितिको उपाध्यक्षमा भरत खड्का र खेमकुमार चोखाल, महासचिवमा थानेश्वरप्रसाद भट्ट, सचिवमा बमबहादुर कुँवर र कोषाध्यक्षमा प्रमिला भण्डारी चयन भएका छन्।
समितिको सदस्यमा ताराप्रसाद जोशी, सिद्धराज भट्ट, मानसिंह साउँद, भुवनेश्वर भट्ट, रविशकुमार गुप्ता, तेजेन्द्रबहादुर बोहरा, लक्ष्मण सिंह, प्रमिला पाठक, केशव पनेरु, दिनेश ढकाल र दीपेन्द्रबहादुर सिंह चयन भएका छन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा प्रमुख अतिथि रहेको उक्त अधिवेशनमा नेपाल वितरक महासंघका कोषाध्यक्ष मदनराज न्यौपाने विशिष्ठ अतिथि रहेका थिए।
कैलाली वितरक संघले उक्त अवसरमा समाज सेवामा योगदान गरेको भन्दै मानव सेवा आश्रम, आमाको माया छात्रावास र निङ्गलासैनी गुरूकुललाई जनही पाँच हजार एक सय नगदसहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ।
यस्तै रक्तदाता दीपक उपाध्याय तथा संघका सल्लाहकार पदमराज भट्ट र जङ्गबहादुर बोगटीलाई समेत सम्मान गरिएको सिद्धराज पनेरुले बताए।