सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि सातामा दुई दिन सार्वजनिक बिदा

२०८२ चैत्र २२, ०२:३५ खबर संवाददाता

काठमाडौँः सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

इन्धन आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गर्नुपरेको मन्त्री पोखरेलले बताए।

मन्त्री पोखरेलले सोमवारदेखि शुक्रवारसम्म भने सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुला राख्ने निर्णय भएको जानकारी दिए।

कमेन्ट लोड गर्नुस