कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ मदनचोक, भीमदत्त नगरपालिका–५ बनगाउ र भीमदत्त नगरपालिका–१७ मझगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४१ हजार ६ सय बराबरको सामान बरामद गरेको हो।
भन्सार छलीको चिनी, जिरा, दाल, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामान आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७६ हजार ७६० बराबरको सामान बरामद गरिएको छ। धनगढीबाट थान कपडा, सुटपिस लगायतका सामान आईतवार दिउँसो अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जनाएको छ।