सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीबाट तस्करीको ४० क्विन्टल तोरी बरामद 

२०८२ चैत्र २५, १०:०८ खबर संवाददाता

धनगढीः कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल ल्याईएको ४० क्विन्टल तोरी बरामद गरेको छ।

मङ्गलबार दिउँसो बेलौरी नगरपालिका १ फटियाबाट सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बेलौरीका सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको टोलिले ४० क्विन्टल तोरी बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार तोरी फटैया स्थित सिमा ईलाकामा अवैध रुपमा नेपाल भित्र्याइ वेवारिसे अवस्थामा फेला परेको थियो। ६ लाख रुपैयाँ बराबरको तोरी बरामद गरी आवश्यक कार्वाहीको लागि कैलाली भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस