सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा दुई पसलमा चोरी, तीन जना पक्राउ

२०८२ चैत्र २९, ०४:२० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्।  चैत २२ गते राति करिब १:१७ बजे जिल्लाको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित मदनचोकमा रहेका दुई वटा पसलमा चोरी भएको घटना प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार दीपकबहादुर ठकुराठीले सञ्चालन गरेको ‘फ्यामस चाउमिन सेन्टर’को सटरको ताला तोडी गल्लामा राखिएको नगद ३६ हजार रुपैयाँ चोरी गरिएको थियो। त्यसैगरी ललिता जोशीले सञ्चालन गरेको ‘रोशनी सु–सेन्टर’बाट पनि सटर फोडी नगद ३० हजार रुपैयाँ चोरी गरिएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान थालेको थियो। सो क्रममा चोरीमा संलग्न परिवर्तित नाम २०८२/०८३(७५)५०(A), २०८२/०८३(७५)५०(B) र २०८२/०८३(७५)५०(C) गरी तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस