सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ७ जना जुवाडे पक्राउ

२०८२ चैत्र ३०, ०७:४७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ७ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भिमदत्त नगरपालिका–१८ महाकाली प्रादेशिक अस्पताल नजिक बस्ने पदम राज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पदमराज पन्तसहित ७ जनालाई आईतवार वेलुकी प्रहरीले पक्राउ गरेको हो। जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सातै जनालाई नगद ३६ हजार ४४२ र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस