सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ३० सामुदायिक विद्यालय सम्मानित

२०८२ चैत्र ३०, ०३:४५ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपचालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान गरेको छ। उपमहानगरपालिकाले शैक्षिकसत्र २०८२ मा आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल ३० वटा सामुदायिक विद्यालयलाइ सम्मानित गरेको हो।

सोमवार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यपकलाई सम्मान गरिएको हो। नगर प्रमुख गोपाल हमालको उपस्थितिका उपप्रमुख कन्दकला कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र उपसचिव नरेन्द्रबहादुर खातीले प्रधानाध्यापकहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

शैक्षिकसत्र २०८२ को कक्षा ८ को परीक्षामा ८७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी-१६ घसिटाको बेहडाबाबा माध्यमिक विद्यालय, ८६.३६ प्रतिशत नतिजा हासिल गरेको धनगढी-१२ को शारदा माध्यमिक विद्यालय, ८५.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जुगेडाकै सिद्धनाथ माध्यमिक विद्यालय र ७८.४२ प्रतिशत विद्यार्थी सफल भएको फूलवारीको सर्वोदय माध्यमिक विद्यालय सम्मानित भएका हुन्।
 
यस्तै, सम्मानित हुनेमा फूलवारीको इन्द्रोदय आधारभूत विद्यालयको ७७.७८ प्रतिशत, धनगढी-५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालयको ७७.०६ प्रतिशत, बैयाबेहडीको शारदा माध्यमिक विद्यालयको ७३.३० प्रतिशत र फूलवारीको जनप्रिय आधारभूत विद्यालयको ७० प्रतिशत नतिजा आएको छ।

यसैगरी, धनगढी-११ को ठेकराज माध्यमिक विद्यालय ६१.६४ प्रतिशत, फूलवारीको चन्द्रोदय माध्यमिक विद्यालयको ६० प्रतिशत, धनगढी-३ को त्रिभुवन माध्यमिक विद्यालयको ५८.८२ प्रतिशत, धनगढी-१३ को नवज्योति आधारभूत विद्यालयको ५५.८१ प्रतिशत, फूलवारीको पञ्चोदय माध्यमिक विद्यालयको ५४.९० प्रतिशत र धनगढी-७ को शिव माध्यमिक विद्यालयको ५४.५५ प्रतिशत विद्यार्थी सफल भएका छन्।

धनगढी-१ को त्रिनगर माध्यमिक विद्यालय, धनगढी-१७ को न्यू कालिका आधारभूत विद्यालय, धनगढी-११ को दक्षिणकाली बहिरा आधारभूत विद्यालय, फूलवारीको शंकर सरस्वती अन्नपूर्ण आधारभूत विद्यालयको समान ५० प्रतिशत नतिजा आएको छ।

त्यस्तै, जुगेडाको दुर्गा आधारभूत विद्यालयको ४७.३७ प्रतिशत, चटकपुरको जनता आधारभूत विद्यालयको ४६.३४ प्रतिशत, धनगढी नमुना माध्यमिक विद्यालयको ४२.१६ प्रतिशत, फूलवारीको जनजागृति माध्यमिक विद्यालयको ४१.६७ प्रतिशत, सरस्वती माध्यमिक विद्यालय मनेहरा र खप्तडी आधारभूत विद्यालय फुलवारीको समान ४० प्रतिशत, कैलालीगाउँको जनता राष्ट्रिय माध्यमिक विद्यालयको ३९.४७ प्रतिशत, राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयको ३९.२९ प्रतिशत, राष्ट्रिय माध्यमिक विद्यालय उर्मीको ३८.१८ प्रतिशत, भावानी माध्यमिक विद्यालय गौरीपुरको ३३.३३ प्रतिशत, फूलवारीको शिवशंकर आधारभूत विद्यालयको ३०.७७ प्रतिशत तथा फूलवारीकै सिद्धार्थ आधारभूत विद्यालयको ३०.७७ प्रतिशत नतिजा आएको छ।

विगतका वर्षभन्दा यो पटक सामुदायिक विद्यालयको नतिजामा सुधार भएको भन्दै उपमहानगरपालिकाले विद्यालयहरूलाई सम्मान गरेको हो। ३० वटा सामुदायिक र ३० निजीसहित ६० विद्यालय सम्मानित भएका हुन्। कक्षा ८ को परीक्षामा राम्रो नतिजा ल्याउने विद्यालयहरूलाई उपप्रमुख कन्दकला कुमारी रानाले बधाई दिएकी छन्। उनले गुणस्तरीय शिक्षाका लागि उपमहानगरपालिकाले गरेको प्रयाससँगै शिक्षक, विद्यार्थी र अभिभावकले गरेको मेहनत नतिजामा देखा परेको बताइन्।

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई नगर प्रमुख गोपाल हमालले शुभकामना दिँदै थप प्रगतिका लागि हौसला बढाउन सम्मान गरिएको बताए। उनले सामुदायिक र निजि विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न दुबै किसिमका विद्यालयले प्रतिस्पर्धा गर्दै धनगढीलाई उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउन सकिने बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस