सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी महिला च्यालेन्ज ट्रफिका लागि नेपाली टोली रुवान्डा प्रस्थान

file photo
file photo
२०८३ वैशाख २, ०२:४७ रासस

नेपालको महिला क्रिकेट टोली आईसीसी महिला च्यालेन्ज ट्रफि मा सहभागिता जनाउन आज रुवान्डा तर्फ प्रस्थान गरेको छ। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो।

वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआटु र इटाली सहभागी छन्। नेपालले पहिलो खेल वैशाख ५ गते अमेरिकासँग खेल्नेछ भने त्यसपछि क्रमशः इटाली, रुवान्डा र भानुआटुसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ। टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो सहित रुवि पोदार, रोमा थापा, बिन्दु रावल, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन्। टोलीका मुख्य प्रशिक्षक हर्षल पाठक हुन्।
 

कमेन्ट लोड गर्नुस