कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
२०८३ वैशाख ३, ०८:००
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७२ हजार २३६ बराबरको किराना, शृंगार, कपडा र हार्डवेयर लगायतका सामान बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस