सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगुको प्रकोप रोक्न देशव्यापी कार्यक्रम चलाउन माग

२०७६ भदौ ९, ०५:३२ खबर संवाददाता

नेकपाका सांसद खगराज अधिकारीले डेंगुको प्रकोपले  ठूला शहर आक्रान्त बनेकोले देशव्यापी कार्यक्रम सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन्। आज संसदमा बोल्दै पोखरा, काठमाडौँ, धरान, धनकुटा, बिराटनगर लगायतका शहरमा डेंगुको प्रकोपले आक्रान्त परेकोले डेंगुबाट सुरिक्षत गराउन सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले एक लाख बढी कम प्लेटलेट्स भएका मानिसहरुले स्वास्थ्य संस्थामा गई परीक्षण गर्न नपाएको भन्दै परीक्षण गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरे। स्वास्थ्य मन्त्रालयले चलाएको सर्च एण्ड डिस्ट्रोय भन्ने अभियानले कुनै काम नगरेको भन्दै सजकताका लागि देशव्यापी कार्यक्रम चलाउनुपर्ने उनको माग थियो।

उनले शिक्षण अस्पताल हाताभित्र आठ वर्षदेखि  निर्माणाधीन सुरेश वाग्ले क्यान्सर अस्पताल शिघ्र निर्माण गरी राजधानीमै क्यान्सरको उपचार पाउने व्यवस्था गर्न पनि माग गरे। पटकपटक गरी झण्डै एक अर्वभन्दा बढी बजेट छुट्टाइएको र तीन पटक भेरियसन थप गरी ठेकेदारलाई जिम्मा दिँदा समेत भवन निर्माण कार्य पुरा नभएको भन्दै उनले असन्तुष्टि पोखे।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९  विशेषज्ञ चिकित्सकले सामुहिक राजिनामा दिनु डरलाग्दो पक्ष भएको विषय संसदमा उठाउदैँ पूर्वस्वास्थ्य मन्त्री अधिकारीले प्रतिष्ठानको अहिलेको नेतृत्व हुँदासम्म जनताले उपचार सेवा नपाउने जिकिर गरे।
 

कमेन्ट लोड गर्नुस