बैतडीमा आजदेखि १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
बैतडी: बैतडीमा आजदेखि १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । जिल्लाको दशरथचन्द नगरपालिको वडा न २ स्थीत निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सुरू भएको प्रतियोगिताको उद्धघाटन सुदूरपश्चिम प्रदेशका उद्योग,वन तथा वातावरणमन्त्री शिवराज भट्टले गरेका थिए ।
प्रतियोगितामा छात्र ÷ छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए । जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाको संयुुक्त आयोजनामा प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्लास्तरीय रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेस्तरीय छनोटका लागि जिल्लाको टिममा समावेश गरिने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।