सुनचाँदीको मूल्य आज पनि घट्यो
काठमाडौँ: स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २० कायम भएको छ। हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदीे पाँच हजार १३० मा कारोबार भएको थियो।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।