सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलिका पेय पदार्थसहित दुई युवक र मोटरसाइकल नियन्त्रणमा

२०८३ वैशाख २०, ११:१९ खबर संवाददाता

कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–३ बडरा क्षेत्रमा प्रहरीले भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएको पेय पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। करिब ४ लाख ७१ हजार २०० रुपैयाँ बराबरका पेय पदार्थ र दुई वटा मोटरसाइकलसहित उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ निवासी २७ वर्षीय धुर्व राना र सोही स्थानका २९ वर्षीय सदिश रानालाई उक्त सामानसहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले बरामद पेय पदार्थ, मोटरसाइकल तथा दुवै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस