धनगढीका ३ युवक लागूऔषधसहित पक्राउ
धनगढीः धनगढीका ३ युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय मिलिग्रामसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय नरेश चौधरी, २२ वर्षीय सुरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २६ वर्षीय भक्त राज राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले टोलीले तिनै जनालाई गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।