चेक अनादर मुद्दामा फरार धनगढीका एक जना पक्राउ
२०८३ वैशाख २४, ०७:२९
धनगढीः चेक अनादर मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्न ४६ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन्। चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस