कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ
२०८३ वैशाख २५, १०:५६
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका–१ चम्पापुरका निरज शाह र नबिन पनेरु रहेका छन्। उनीहरूलाई अस्थायी प्रहरी बिट चम्पापुरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ४०० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित फेला पारी बिहीवार पक्राउ गरेको जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस