सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदी किनारमा अज्ञात पुरुषको शव फेला

२०८३ वैशाख ३१, १०:४४ खबर संवाददाता

कैलाली: कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी टुक्कीबजार स्थित कर्णाली नदी किनारमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

बुधबार साँझ करिब ५५/५६ वर्ष उमेरका जस्तो देखिने ती पुरुषको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। मृतकको नामथर तथा ठेगाना हालसम्म खुल्न नसकेको बताइएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको पहिचान तथा मृत्युको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस