कञ्चनपुरमा भन्सार छलिका सामान बरामद
कञ्चनपुर: कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रबाट अन्दाजी ४१ हजार रुपैयाँ बराबरका पेय पदार्थ, फलफूल तथा प्लाष्टिक झिल्ली लगायतका सामान प्रहरीले बिहीबार बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।