सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कान्द्रा नदीमा डुबेर बालकको मृत्यु

२०८३ जेठ ३, १०:१३ खबर संवाददाता

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बम रहेका छन् ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट अशक्त अवस्थामा फेला पारेपछि उपचारका लागि निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

कमेन्ट लोड गर्नुस