सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

file photo
file photo
२०८३ जेठ ३, ०४:१४ रासस

महेन्द्रनगर: जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि २३ स्वर्णसहित भीमदत्त नगरपालिकाले जितेको छ। आज कञ्चनपुरको बेदकोट नगरपालिकास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा भीमदत्त नगरपालिकाले २३ स्वर्ण, १२ रजत र १० काष्यसहित उपाधि जितेको हो।

आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँको कृष्णपुर नगरपालिकाले १५ स्वर्ण, छ रजत र ११ काष्यसहित दोस्रो स्थान बनाएको जनाउँदै बेदकोट नगरपालिकाले १० स्वर्ण १३ रजत र ११ काष्यसहित तेस्रो भएको उल्लेख गरे।

शुक्लाफाँटा नगरपालिकाले सात, पुर्नर्वास नगरपालिकाले सात, दोधारा–चादँनी नगरपालिकाले दुई र बेलौरी नगरपालिकाले एक स्वर्ण जितेका छन् भने त्यस्तै, लालझाडी र बेल्डाँडी गाउँपालिका स्वर्णविहीन बनेका छन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिबल खेलमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको १७औँ संस्करण आगामी वर्ष दोधारा-चादँनी नगरपालिकामा हुने भएको छ। 

कमेन्ट लोड गर्नुस