सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लागू औषधको भयावह तथ्याङ्क, दैनिक ५ जना पक्राउ

२०८३ जेठ ६, ०९:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा लागू औषधको भयावह तथ्याङ्क रहेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरण अनुसार प्रदेशको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा लागू औषध सहित १६६ जना पक्राउ परेका हुन्। जुन दैनिक औसतमा ५ जना भन्दा बढी हो। पक्राउ पर्नेमा १६३ पुरुष र ३ जना महिला रहेका छन्। सो अवधिमा लागू औषधका ९७ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। 

पक्राउ परेकाहरूबाट प्रहरीले चरेस, खैरो हिरोइन, गाँजा र ट्याब्लेट बरामद गरेको छ। प्रहरीको विवरण अनुसार जसअनुसार चरेस ५५ ग्राम १७० मिलिग्राम, खैरो हिरोइन ३२३ ग्राम ४६६ मिलिग्राम, गाँजा ४४ ग्राम ९७० मिलिग्राम र ट्याब्लेट ५२१, एम्पुल २१ वटा रहेका छन्। प्रदेशमा लागू औषध नियन्त्रणका लागि विभिन्न जनचेतनाका कार्यक्रममा सञ्चालन हुने गरेका भए पनि यसको नियन्त्रण भने हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस