सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दाका फरार प्रतिवादी कैलालीबाट पक्राउ

२०८३ जेठ ९, ११:५८ खबर संवाददाता

काठमाडौं: लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कैलालीको फैसला अनुसार लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएका जानकी गाउँपालिका–७ गौलौरी बस्ने २२ वर्षीय रबि कुमाल थारुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

पक्राउ परेका थारुलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस