सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ६ जना जुवाडे पक्राउ

२०८३ जेठ १०, ०७:०८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित डेरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना शनिबार साँझ पक्राउ परेका हुन्।

आशबहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूको साथबाट नगद ११ हजार ७८० रुपैयाँ र चार गड्डी तास बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस