सुदूर नेपाललाई विश्वसँग जोड्दै

को-को भए काँग्रेस देउवा पक्षको धनगढी भेलामा सहभागी?

२०८३ जेठ १०, ०१:५१ नारायण अवस्थी

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम कार्य समितिले आयोजना गरेको भेलामा संस्थापन पक्ष बाहेकका काँग्रेस सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताहरुको सहभागिता छ।

प्रदेश सभापति बीरबहादुर बलायरकाे अध्यक्षतामा सुरू भएकाे भेलामा नेता रमेश लेखक, नारायणप्रकाश साउँद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री मेघराज खड्का, राष्ट्रिय सभा सदस्य तथा कैलाली जिल्ला सभापति नारायणदत्त मिश्र, पूर्व केन्द्रीय सदस्य ईश्वरी न्यौपाने  लगायत प्रदेशका पदाधिकारी र प्रदेशको सबै जिल्लाका देउवा पक्षीय नेताहरुको सहभागिता रहेको छ।

यसैगरी, भेलामा काँग्नेस पूर्व केन्द्रीय सदस्य नैनसिंह महर, मोहन बस्नेत, डाक्टर रणबहादुर रावल, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्ले, पूर्व केन्द्रीय सदस्य नृपबहादुर वड, अर्जुनजङ्गबहादुर सिंह, गोविन्दबहादुर शाह, विद्या तिमिल्सिना लगायतको उपस्थिती छ।

भेलामा देउवा समूहका काँग्रेस जिल्ला सभापति र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस