सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टर दुर्घटना, एक बालिकाको मृत्यु 

२०८३ जेठ ११, ०७:०९ खबर संवाददाता

धनगढीः कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ।

आइतबार साँझ सवा ५ बजेतिर बागरादेखि सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी स्थानीय उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जयसरा सिजापतिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नवराज विककी ७ वर्षीया छोरी माइरा विक घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट खस्ने क्रममा नजिकैको धाराबाट पानी लिएर घर फर्किंदै गरेका बालिकाहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेका छन्। 

कमेन्ट लोड गर्नुस