सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट अबैध भन्सार छलीका सामान बरामद

२०८३ जेठ ११, १०:४८ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी–२ र धनगढी–१० सिमलघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७६ हजार २५० बराबरको चिनी, मिठाई, पानिपुरी, मसला, सरप, कुर्ति, दोपट्टा, छिद्रा माछा लगायतका सामान आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

 यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१० सुकासाल, भीमदत्त नगरपालिका–११ भुजेला र लालझाडी गाउँपालिका–१ नौरङगाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३२ हजार ७४० बराबरको चप्पल, सुटपिस, केरा, विभिन्न किसिमका इलेक्ट्रिक सामान, किराना लगायतका सामान आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस