चोरी मुद्दामा फरार धनगढीका एक युवक पक्राउ
२०८३ जेठ १२, ०६:४४
धनगढीः चोरी मुद्दामा फरार धनगढीका एक युवक पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी–७ बस्ने २२ वर्षीय प्रदिप राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस