सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा एक हजार तीन सयले घट्यो 

२०८३ जेठ १२, १२:०१ रासस

काठमाडौँ: स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ।

सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ। सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ। 

कमेन्ट लोड गर्नुस