सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा

२०८३ जेठ २२, ०५:१० रासस

महेन्द्रनगर:  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल आज कञ्चनपुर आइपुगेका छन् ।

कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुने सिलसिलामा उनिहरु यहाँ आइपुगेका हुन्। सभामुख अर्याल र अध्यक्ष दाहालसहितको टोलीले कञ्चनपुरका धार्मिक पर्यटकीय गन्तव्य, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चादँनी सुक्खा बन्दरगाह र ब्रह्मदेव लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

उनिहरुले भीमदत्त नगरपालिका–८ तिलौचौरस्थित भम्केनी धामको स्थलगत अवलोकन भ्रमण गरेको सभामुख अर्यालका निजी सचिव मधु मिजारले जानकारी दिए। 

टोलीमा उपसभामुख रुवी कुमारी र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायत सहभागी रहेका छन्।

कमेन्ट लोड गर्नुस