विश्व वातावरण दिवसमा सिटिजन्स बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
धनगढी: विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, धनगढी शाखाले दृष्टि फाउन्डेसन नेपालको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत करिब २०० वटा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपिएको बैंकले जनाएको छ।
बैंकका अनुसार वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै स्वच्छ, हरित र दिगो वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
बैंकले आगामी दिनहरूमा पनि वातावरण संरक्षण तथा सामाजिक हितका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।