सुदूरपश्चिम बाहिरका विद्यार्थीले पनि पाए धनगढीको छात्रवृत्ति
धनगढी: धनगढी उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा सुदूरपश्चिम बाहेक अन्य प्रदेशका विद्यार्थी पनि छनोट भएका छन्।
उपमहानगरले संस्थागत विद्यालयमा प्रदान गर्ने छात्रवृत्तिका लागि कालिकोट, दाङ, गुल्मीका एक/एक जना छनोट भएका हुन्।
उपमहानगरपालिकाको शिक्षा महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार कालिकोट र दाङका विद्यार्थी विज्ञान विषयका लागि तथा गुल्मीका विद्यार्थी व्यवस्थापन विषय अध्ययन गर्न छनोट भएका हुन्।
छनोट भएका विद्यार्थीबाट संस्थागत विद्यालयमा कुनै पनि शुल्क लाग्ने छैन। उनीहरूले कक्षा ११ र १२ छनोट भएकै विद्यालयमा अध्ययन गर्नुपर्ने छ।