धनगढीबाट लागूऔषधसहित बाजुराका एक जना पक्राउ
धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित बाजुराका एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ४६० मिलिग्रामसहित बाजुराको बुढीगंगा नगरपालिका–५ बस्ने २५ वर्षीय नरेन्द्र बहादुर शाहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा कैलाली प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।