सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सांग्रीला डेभलपमेन्ट बैंकद्वारा निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

२०८३ जेठ ३१, ०५:०७ खबर संवाददाता

दार्चुला: सा‌ंग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला जिल्लामा सञ्चालन गरेकाे निःशुल्क आँखा परिक्षण तथा उपचार शिविरबाट सात सय भन्दा बढि नागरिक लाभान्वित भएका छन्। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार र शनिबार जिल्ला अस्पताल खलङ्गा र दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न गिरएकाे बैंकका दार्चुला जिल्ला शाखा प्रबन्धक केशव जाेशीले बताए। 


शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरले समुदायस्तरमा सकारात्मक प्रभाव पारेको शाखम प्रबन्धक जोशीले  बताए। कार्यक्रममा बैंकका मार्केटिङ प्रमुख अर्पणा बज्राचार्य, उज्ज्वल मानन्धर तथा क्लस्टर प्रमुख सुरेन्द्र विष्ट समेत उपस्थिति रहेको थियो।

शिविरमार्फत ७ सयभन्दा बढी सेवाग्राहीले निःशुल्क आँखा परीक्षण, परामर्श तथा आवश्यक सेवाबाट लाभ लिएका छन्। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

कमेन्ट लोड गर्नुस