कञ्चनपुरमा लागूऔषध र नगदसहित ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध र नगदसहित ३ जना पक्राउ परेका छन्।
कञ्चनपुर कृष्णपुर नगरपालिका–५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ५२० मिलिग्राम, इलेक्ट्रोनिक काटा र १ लाख ५२ हजार नगदसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय राजेश राना, २४ वर्षीय दिवाकर भुल र ३० वर्षीय जयराम राना रहेका छन्।
लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।