सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८३ असार २, ०७:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिक, धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र टीकापुर नगरपालिका–९ भयाभाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ हजार ४१ हजार ४८० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका कुर्ता सुरवाल, कुर्ती, माछा मार्ने जाल, सिद्रा माछा, किराना लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस