सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा कार्यालयमा लागेको ताला खुल्यो

२०८३ असार २, ०५:२१ खबर संवाददाता

धनगढीः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ। सडक निर्माण गर्नुपर्ने भन्दै स्थानीयले जेठ २७ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

२०७६ सालदेखि निर्माण सुरू भएको वडा कार्यालय जोड्ने करिब ५ किलोमिटर सडक निर्माण सम्पन्न गर्नुपर्ने भन्दै गरिएको तालाबन्दी आज मङ्गलवार खुलाइएको हो। पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बमको रोहवरमा ताला खोलिएको स्थानीय चक्र खडायतले बताए। सडक निर्माणमा अवरोध नगर्ने सहमति भएपछि ताला खोलेर वडा कार्यालय सञ्चालनमा आएको बताए।

प्रदेश सरकारको बजेटबाट निर्माणाधिन धम्ध्वा-खडायत गाउँ- वडा कार्यालय सडकमा खडायत गाउँकै स्थानीय गौरीलाल खडायतले अवरोध गर्दा स्थानीयले वडा कार्यालयमा तालाकन्दी गरेका थिए। गौरीलालले सडकभन्दा माथि आफ्नो घर रहेकाले सडक खन्दा घरमा समस्या हुने भन्दै काममा अवरोध गर्दै आएका थिए।

कमेन्ट लोड गर्नुस