पासपोर्ट प्रकरण : सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा
काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । कांग्रेस सांसद सुनीलबहादुर थापाका छोरा समेत हुन् । त्यस्ती मल्ल जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि हुन् । मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ। थापा भने सम्पर्कविहीन छन् ।
अख्तियारले आजै पासपोर्ट विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। यो मुद्दामा उनीहरूको पनि नाम छ। नेपालमा राजनीतिक चलखेल गरेर ठेक्काको स्पेसिफिकेसनहरू बदल्दै ठेक्का दिलाउने काममा उनीहरूले कम्पनी प्रतिनिधिको रुपमा भूमिका खेलेका थिए ।