सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेजमा पुनः भर्ना आवेदन खुल्यो

२०८३ असार १०, १२:४५ खबर संवाददाता

धनगढी: प्राविधिक स्वास्थ्य शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेजले मेडिकल ल्याब टेक्नोलोजी (MLT) र डिप्लोमा इन फिजियोथेरापी (DPT) कार्यक्रमका लागि पुनः आवेदन फाराम खुला गरेको जनाएको छ।

कलेजका अनुसार SEE पूरक परीक्षा दिएर नतिजा पर्खिरहेका विद्यार्थीहरूले समेत आवेदन फाराम भर्न सक्नेछन्।

कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। कलेजसँग आफ्नै १०० शैय्याको अस्पताल, आधुनिक ल्याबोरेटरी, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन, शान्त तथा अध्ययनमैत्री वातावरण र व्यवस्थित पुस्तकालयको सुविधा रहेको छ।

स्वास्थ्य क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई समयमै आवेदन दिन कलेजले अनुरोध गरेको छ।

थप जानकारीका लागि सम्पर्क:

०९१–५२०८२५
९८६८४४४९०४
९८४८५७२६०१

कमेन्ट लोड गर्नुस