कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
कैलालीको गोदावरी नगरपालिका–५ वेलाजाने सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन १४० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ बस्ने १९ वर्षीय प्रेम योगीलाई विहीबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ९० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन्। इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ।