सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबलः स्पेन र केप भर्डे नकआउट चरणमा

२०८३ असार १३, १०:४७ रासस

काठमाडौँः एलेक्स बाएनाको गोलमा  उरुग्वेलाई पराजित गर्दै स्पेन विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

मेक्सिकोको ग्वाडालाजारमा भएको खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। एलेक्सले खेलको ४१ औँ मिनेटमा गोल गरेका हुन्। यो विजयसँगै स्पेन सात अङ्क जोडेर समूह विजेता बनेको छ।

आजै भएको अर्को खेलमा केप भर्डेले साउदी अरबसँग गोलरहित बराबरी खेल्यो। केप भर्डेको समूह चरणको यात्रा जारी छ। पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ। तीन खेल बराबरी खेलेको यो देश तीन अङ्कका साथ  समूह उपविजेता बनेको । 

कमेन्ट लोड गर्नुस