महेन्द्रनगरमा मोटरसाइकल चोरीमा संलग्न तीन युवा पक्राउ
महेन्द्रनगरः कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भिमदत्त नगरपालिका–४, महेन्द्रनगर बजारको गल्ली नम्बर ५ मा पार्किङ गरी राखिएको बाप्र३०२०१४ प ८४३६ नम्बरको डिस्कभर मोटरसाइकल चोरी भएको थियो।
मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोही दिन साँझ करिब साढे ५ बजे भिमदत्त नगरपालिका–१८, जानकी टोलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–७ निवासी १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय दिपक चन्द रहेका छन्। प्रहरीले बरामद गरिएको मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।