सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशनदत्त भट्ट नियुक्त
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक किशनदत्त भट्ट नियुक्त भएका छन्।
शुक्रबार विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भट्टलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
यसअघि सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपति पद रिक्त गराएपछि गत वैशाख २५ गते नयाँ उपकुलपतिको नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि १९ जनाले आवेदन दिएका थिए।
आवेदनकर्तामध्ये १० जनाको नाम प्रारम्भिक छनोट (संक्षिप्त सूचि) मा समावेश गरिएको थियो। त्यसपछि छनोट समितिले अन्तिम तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो।
सिफारिस गरिएका उम्मेदवारमध्येबाट प्रधानमन्त्री शाहले प्राध्यापक किशनदत्त भट्टलाई सुदूरपश्चिम विश्वविद्यालयको नयाँ उपकुलपतिमा नियुक्त गरेका हुन्।